थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबलमा उपाधिको वडा न ७ र १ भिड्ने

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगितामा वडा न ७ र१ उपाधिको लागि  भिड्ने भएका छन ।

 माघ २६ हेटौडा, २५ गते भएको खेलमा वडा  न ७ ले ३ लाई र  वडा न १ ले वडा न ४ लाई पराजित गर्दै फाइनल पुगेका हुन।
दुबै टिमले ट्राइबेकरमा जित हासिल गरे।वडा न ३ र ७ बिच भएको खेलमा दुबै टिमले १-१ को बराबरी खेलेपछी पेनाल्टी सुट आउटमा पुगेको खेलमा वडा न ७ ले ७-६ को गोल निकाल्दै फाइनल प्रवेश गर्यो भने वडा न ४ र १ बिच भएको खेलमा निर्धारित समयमा दुबै टिमले कुनै गोल गर्न नसकेपछि खेल पेनाल्टी मार्फत ७-६ को नतिजा निकाल्दै वडा न १ फाइनल पुगेको हो।

फाइनल खेल २६ गते शनिबार १० बजे देखि सुरु हुने आयोजकले जानकारी दिएको छ।

नक आउटको माध्यम बाट खेलाइने खेलमा बिजयी हुने टिमले नगद ५० हजार र द्वितीय हुनेले नगद ३० हजार सहित शिल्ड,ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने व्यवस्थापक ऋषेश्वर-११ का अध्यक्ष दिपक कार्कीले जानकारी दिए।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.