
माघ २३ मकवानपुर
थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगितामा वडा न ३ र ४ सेमिफाइनल प्रवेश गरेका छन।
इन्द्रायणी चौरमा भैरहेको प्रतियोगितामा दुई टिम सेमिफाइनल प्रवेश गरेको व्यवस्थापक क्लब ऋषेश्वर ११ का सन्तोष कार्कीले जानकारी दिए।
२३ माघमा भएको प्रतियोगिता अन्तर्गत वडा न ६ र ७ बिच भएको खेलमा वडा न ७ १-० गोलले बिजयी हुँदा १ र २ न वडा बिच भएको प्रतियोगितामा ४-० गोलले वडा न १ बिजयी भएको छ भने वडा न ३ र १० बिच भएको प्रतियोगितामा वडा न ३ ले २-० गोल अन्तरले वडा न १० लाई पराजित गर्न सफल भयो।
भोलि २४ गते वडा न ७ र ८ बिच खेल हुने छ सो खेल बिजेताले वडा न ३ संग सेमिफाइनल खेल्ने छन भने वडा न १ र १२ बिच दोस्रो खेल हुने छ बिजेता हुने टिमले वडा न ४ संग सेमिफाइनल खेल्ने आयोजकले जनाएको छ।
सेमिफाइनल खेल २५ माघमा हुने छ।
नक आउटको माध्यम बाट खेलाइने खेलमा बिजयी हुने टिमले नगद ५० हजार र द्वितीय हुनेले नगद ३० हजार सहित शिल्ड,ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने व्यवस्थापक ऋषेश्वर-११ का अध्यक्ष दिपक कार्कीले जानकारी दिए।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan