
माघ २३ हेटौंडा
बुधबार दिउँसो बसेको प्रदेश सभाको पहिलो बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश खेलकुद ऐन संशोधन गर्न बनेको विधेयक, ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक,’ पेस भएको हो ।
त्यस्तै बैठकमा ‘प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र प्रदेश कृषि सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पेस भएको छ ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठकमा निर्णायार्थ पेश गरेको पाँच वटै विधेयकहरुलाई विचार गरियोस् भन्ने प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृतसमेत गरेको छ ।
आजको पहिलो बैठकमा स्वास्थ्यमन्त्री किरण थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेस गरेका थिए भने युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद ऐन संशोधन विधेयक पेस गरेका हुन् ।
यस्तै, बैठकमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकुमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेस गरेकी थिइन् ।
बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले फिर्ता गरेको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुनः विचारका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले संसदमा पेस गरेका थिए ।
सर्वसम्मतिले पारित भएका सो विधेयकहरु प्रदेश सभाको यसै अधिवेशनमा पारित गर्ने तयारी रहेको छ ।
भोलि विहिबार दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको छ ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan