मोबाईल चोरी गर्दै गर्दा १७ बर्षिय युबक पकाउ

माघ २३ हेटौंडा

स्कूलरोडमा मोवाइल चोरी गर्दै गरेका एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती १ बजेको समयमा ९९ मोवाइल सोलुसन पसलमा मोबाइल चोरी गर्दै गरेका १७ वर्षीय एक किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मोवाइलबाटै हेर्न मिल्ने गरी जडान गरिएको सीसी क्यामरामा हेर्दा घरधनी समेत रहेका पसल सञ्चालक कृष्णसागर श्रेष्ठले चोरी गर्न छिरेका किशोर भित्रै रहेको एकिन भएपछि बाहिरबाट ढोका बन्द गरेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले राती साढे १ बजेको समयमा मोवाइल चोरी गर्ने क्रममा रहेका १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो । पर्सा जिल्ला घर भएका ती किशोर हेटौंडामा कक्षा ११ मा अध्ययन गर्दै आइरहेको प्रहरी नायज उपरीक्षक श्यामु अर्यालले बताए । 

बाहिरबाट ह्याक्सो ब्लेटले ताला काटेर भित्र छिरेको रहेछ, मोवाइलबाट सिसी क्यामेरा हेर्दा पसल खुला रहेको र भित्र मान्छे रहेकोले बाहिरबाट सटर तानेर बन्द गरेको सञ्चालक श्रेष्ठले बताए । उ एक्लै नआएको र अरु चोरी गर्न आएकाहरु फरार हुन सक्ने शंका रहेको उनले बताए । किशोरको साथबाट मोवाईल बरामद गरियो तर सटरमा लगाईको तालाहरु काट्न प्रयोग भएका वस्तु र ताला भने नभेटिएको सञ्चालक श्रेष्ठले बताए । 

पछिल्लो समय हेटौंडामा चोरीको संख्या बढ्दै गइरहेको अवस्थामा राजधानी भएको बजार क्षेत्रमा प्रयाप्त मात्रामा सिसी क्यामेरा नराखिनु, राखिएका पनि स्पष्ट नदेखिने खालका हुन, राती प्रहरी गस्ती नहुनुले पनि चोरी हुनेको संख्या बढ्दै गइरहेको मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरका निवर्तमान अध्यक्ष नवराज चौलागाईले बताए । मोवाईल मात्र होईन सुनचादीँ, कपडा, भाडाँकुडा, जुत्ताचप्पल लगायतका क्षेत्रमा पनि चोरी हुने गरेको उनले बताए । 

मुख्य त अब मकवानपुर उद्योग वाणिज्य संघ, हेटौंडा उपमहानगरपालिका, बैंकिङ क्षेत्र, ट्राफिक प्रहरीका साथै जिल्ला प्रहरीले ध्यान पुर्याउनु पर्ने देखिन्छ । बजार क्षेत्रमा सिसी क्यामेरा स्पष्ट देखिने खालका र राती पनि सुरक्षा गस्ती गरिनु पर्ने आवश्यकता समेत रहेको छ । 

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.