
मकवानपुर, २२ माघ । नेकपा (माओवादी केन्द्र)का केन्द्रिय महासचिव देबप्रसाद गुरुङले मुलुकको समृद्धि र विकासको लागि प्रचण्ड नेतृत्वको विकल्प नभएको बताए ।
शनिवार बिहान नेकपा (माओबादी केन्द्र) मकवानपुरका नेता कार्यकर्ता भेटघाट कार्यक्रममा महासचिव गुरुङले मुलुकमा माओवादीको एजेन्डा स्थापित भएकोले माओवादी प्रति जनलहर बढेको बताए ।

लोकतन्त्रको रक्षा गर्ने पार्टी माओवादी केन्द्र भएकोले माओवादीको नेतृत्वमा बृहत कम्युनिष्ट एकताको आवश्यक्ता भएको महासचिव गुरुङले बताए ।
नेकपा (माओवादी केन्द्र) मकवानपुर संयोजक भीम पाख्रीनको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा महासचिव गुरुङले भ्रस्टाचारलाई रोक्न स्थायी सरकार आवश्यक भएकोले आगामी निर्वाचनमा माओवादी केन्द्र भ्रष्टाचार विरुद्ध एक्लै निर्वाचनमा सहभागी हुने बताए ।
कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य कुमारी मोक्तान, रामनारायण बिडारी, बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी, सचिवालय सदस्य बीरबहादुर घलान ‘ज्वाला’, ललित घलान, प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज ध्रुवराज ढकाल लगायत नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan