
मकवानपुर १९, माघ । मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर २ अवस्थित ऐतिहासिक पालुङ गढी परिसर सरसफाइ गरिएको छ ।
शनिवार पालुङ जेसीजको आयोजना तथा ईलाका प्रहरी कार्यालय पालुङको समन्वयमा गढी परिसर सरसफाइ सहित ठाउँठाउँमा थुन्से डस्विन राखिएको हो ।
सरसफाईलाई दीर्घकालीन बनाउन गढी परिसरमा वातावरण मैत्री थुन्सेलाई डस्विनको रुपमा राखिएको पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधब कार्कीले बताए ।
पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधव कार्कीको अध्यक्षता तथा थाहा नगरपालिका वडा नम्बर २ का वडासदस्य युवराज बिष्टको प्रमुख आतिथ्यतामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
थाहानगरको पर्यटकीय विकासको लागि पालुङ जेसीजको भूमिका महत्त्वपूर्ण भएको र पालुङ जेसीजले गत बर्षदेखि गढीको प्रचारप्रसार सुरु गरेकोमा प्रमुख अतिथि बिष्टले पालुङ जेसीजलाई धन्यवाद दिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी सहायक निरीक्षक नारायणप्रसाद ढकाल, पालुङ गढी संरक्षण समिति अध्यक्ष अजय कार्की, चुनिदेवी सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष अर्जुन कार्की, कार्यकारिणी उपाध्यक्ष अजित कार्की, उपाध्यक्ष बिकेस बाबु बस्नेत, कार्यक्रम संयोजक नबिना बिष्ट, लगायत जेसीज बर्ष २०२५ का बोर्ड पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो।
पालुङ जेसीज बर्ष २०२५ का जेसीज जनसम्पर्क अधिकारी कमल बिष्टले संचालन गरेको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष स्मिता बिष्टले स्वागत गरेकी थिइन् ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan