
मकवानपुर, २८ पौष । तत्कालिन नेकपा माओवादी मकवानपुरका नेता रुद्र बहादुर पाख्रिन (रमेश)को २२ औं स्मृतिमा आईतबार मकवानपुरगढी ४ रुद्र बाटिकामा रहेको पाख्रिनको पूर्ण कदको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली ब्यक्त गरियो ।
२०५२ सालदेखि नेकपा माओवादीले सुरु गरेको जनयुद्धका कमाण्डर पाख्रिनको २०५९ पौष २८ मा तत्कालिन सरकारपक्षले मकवानपुरको छतिवन गाबिसको गरगरेमा हत्या गरेको थियो ।

नेकपा (माओवादी केन्द्र) मकवानपुरगढी गाउँ कमिटीको आयोजनामा भएको स्मृति दिवस कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि मोक्तानले जनताको मुक्ति र समाजको विकासको लागि रुद्र पाख्रिनको योगदान महत्वपूर्ण भएको बताइन् ।
नेकपा (माओवादी केन्द्र) मकवानपुरगढी गाउँ कमिटी अध्यक्ष राजकुमार खड्काको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य मानकुमारी नेपाली, बागमती प्रदेश समिति उपाध्यक्ष प्रेमबहादुर पुलामी, सदस्य ललित घलान, बिबेक राई, जीवन गोले, शुभरत्न गोले, सीता पुलामी, जिल्ला समन्वय समिति मकवानपुर संयोजक भीम पाख्रिन, सचिव बीर बहादुर घलान ‘ज्वाला’ अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष बुद्धराज अर्याल, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ मकवानपुर अध्यक्ष जयराम रायमाझी लगायतको आतिथ्यता रहेको थियो ।
बि.सं.२०१९ साउन २७ मा जन्मेका पाख्रिन कुशल नेतृत्वकर्ता र असर राजनीतिज्ञ भएको उनका राजनैतिक सहकर्मीहरु बताउँछन् ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan