माओवादी केन्द्र बागमती अध्यक्षमा पुनः अरुण बल

मकवानपुर, २० पौष । नेकपा (माओवादी केन्द्र) बागमती गाउँपालिका कमिटी अध्यक्ष पदमा पुन: अरुण बल सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार बागमतीको झुरझुरेमा सम्पन्न दोस्रो अधिवेशनले बलको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षहरुमा ध्रुब थापा, बलबहादुर पाख्रीन, बुद्धिमान माझी चयन भएका छन् ।

यसैगरि सचिवमा रहर सिङ थिङ, सहसचिवमा इन्द्रबहादुर थोकर र  कोषाध्यक्षमाशर्मिला माझी सर्वसम्मत निर्वाचित भएका छन् ।

नेकपा (माओबादी केन्द्र)का केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज बिजय गौतमको प्रमुख आतिथ्यता मा भएको अधिवेशनमा बागमती प्रदेश समिति उपाध्यक्ष प्रेमबहादुर पुलामी, प्रदेश समिति सदस्य शर्केश घलान, जीवन गोले, जिल्ला समन्वय समिति मकवानपुर संयोजक भीम पाख्रीन लगायतको आतिथ्यता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.