
मकवानपुर, १९ पौष । नेकपा (माओवादी केन्द्र) मनहरी गाउँ कमिटीको अध्यक्ष पदमा बीरबहादुर घलान(आनन्द) सर्वसम्मत निर्वाचित भएका छन् ।
बिहीबार भएको तेस्रो अधिवेशनको बन्द शत्रमा अध्यक्ष , उपाध्यक्ष र सचिव पदमा आवश्यकता भन्दा बढीको उम्मेद्वारी परेपछि सहमतिको लागि शुक्रबारसम्म सम्मेलन लम्बिएको थियो ।
यसैक्रममा शुक्रबार निर्वाचन कमिटी र उम्मेद्वारहरु बिच भएको छ्लफलमा सहमति जुटेपछी घलान सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
गाउँ कमिटीको वरिष्ठ उपाध्यक्षमा एकराज पुरी, उपाध्यक्षमा ईस्वरी सुनार र हरि प्रसाद कालाखेती सर्वसम्मत रुपमा चयन भएका छन्।
त्यसैगरि सचिवमा श्रीकृष्ण ढकाल, कोषाध्यक्षमा लक्ष्मी खड्का , सह-सचिवमा बद्रीप्रसाद उप्रेती र राजकुमार स्याङबो सहित ४५ सदस्यीय नेकपा (माओवादी केन्द्र) मनहरी गाउँ कमिटी सर्वसम्मत चयन भएको हो ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan