मकवानपुर क्याम्पसमा अखिल क्रान्तिकारीको संगठन बिस्तार

मकवानपुर, १९ पौष । अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस समितिको संगठन बिस्तार अभियान अन्तर्गत स्नातक तह प्रथम बर्ष अङ्ग्रेजी र नेपाली मिडियमका पाँच वटेै सेक्सनमा कमिटी गठन गरियो 

अङ्ग्रेजी मिडियम अन्तरगत सेक्सन ‘ए’मा  निस्चल श्रेष्ठको अध्यक्षतामा सेक्सन ‘बि’मा  जितेन्द्र शाह  र सेक्सन ‘सि’ मा मानवी श्रेष्ठ को अध्यक्षतामा कमिटी गठन गरिएको हो ।

त्यसैगरि बिबिएस नेपाली मिडियम अन्तरगत  सेक्सन ‘ए’मा   रितिका घिमिरे र  सेक्सन ‘बि’मा मनिषकुमार चोैधरीको  अध्यक्षतामा समिति गठन गरिएको अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीका वरिष्ठ उपाध्यक्ष तथा संगठन बिस्तार प्रमुख सुजन सिलवाल क्षेत्रीले जानकारी दिए ।

संगठन बिस्तार अभियान अन्तरगतको कमिटी गठन कार्यक्रममा अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला अध्यक्ष बुद्धराज अर्याल, सचिब छोइसाङ लामा, मकवानपुर क्याम्पस कमिटी अध्यक्ष अभ्युदय खनाल लगायतको उपस्थिति थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.