जेसीजको राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा रजनी थापा बिजयी

मकवानपुर, ०९ पौष । नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशन सुनसरी जिल्लाको इटहरीमा सम्पन्न भएको छ ।
इटहरी जेसीजको आतिथ्यतामा भएको महाधिवेशनले बर्ष २०२५ को लागि १ राष्ट्रिय अध्यक्ष, ४ जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित गरेकोछ ।

महाधिवेशन अन्तरगत भएको निर्वाचनमा राष्ट्रिय अध्यक्ष पदमामनोहरा जेसीजकी रजनी थापा ७६२ मत सहित विजयी भएको निर्वाचन आयुक्त बिकास मानन्धरले बताए । अध्यक्ष पदका निकटतम प्रतिद्वन्दी जीवन कार्कीले ४५३ मत प्राप्त गरेका थिए ।

त्यस्तै ४ जना राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा साथै ४ राष्ट्रिय कार्यकारी उपाध्यक्ष पदमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा, सौरभ श्रेष्ठ बिजयी भएका छन् । राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदकालागि ८ जना चुनाबी प्रतिस्पर्धामा थिए ।

त्यस्तै १२ जना राष्ट्रिय उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा संगम कार्की, सन्दिप खत्री, दीपक अधिकारी, धनराज कडेंल, सुजन थापा, बबिता पाण्डे, अभिशेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुबाश गौतम, राघब कोइराला, मनिप्रसाद अर्याल उपाध्यक्ष पदमा निर्वाचित भएका निर्वाचन आयुक्त बिकास मानन्धरले जानकारी दिए । १२ उपाध्यक्ष पदका १७ जना चुनाबी प्रतिस्पर्धामा थिए । नेपाल जेसीज अन्तरगतका १७८ शाखाको प्रतिनिधित्व रहेको महाधिवेशनमा १ हजार २ सय १५ मत खसेको थियो ।

नेपाल जेसीजको बिधान अनुसार कानुनी सल्लाहकारमा तरहरा जेसीजका सुनिल तिमल्सिना, महासचिवमा हेटौंडाका विकेशलाल श्रेष्ठ, र कोषाध्यक्ष पदमा कोहलपुरका रामु पाण्डे मनोनित भएका छन् ।

पौष ५ गतेदेखि सुरु भएको महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
नेपाल जेसीज बर्ष २०२४ का अध्यक्ष रबिन पोखरेलको अध्यक्षतामा भएको महाधिवेशनले नेपाल जेसीजको बर्ष २०२४ का प्रतिवेदनहरु अनुमोदन गर्नुका साथै बिभिन्न संघ संस्था र ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशन जनकपुर जेसीजको आतिथ्यतामा जनकपुरमा हुनेछ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.