पालुङ जेसीज बर्ष २०२५ को अध्यक्षमा तीन जनाको उम्मेद्वारी

मकवानपुर, २४ मंसिर । थाहा नगरमा क्रियाशिल पालुङ जेसीज बर्ष २०२५ का लागि तीन जनाको उम्मेद्वारी परेको छ ।
बर्ष २०२५ को अध्यक्ष पदमा माधव कार्की, सञ्जय गोपाली र बिक्रम गोपालीको उम्मेद्वारी परेको निवाचन आयुक्त संगम कार्कीले बताए ।


अध्यक्ष पदका उम्मेद्वार माधव कार्की गतबर्ष अध्यक्ष पदमा उम्मेद्वारी दिएर पराजित भएका थिए । अर्का उम्मेद्वार बिक्रम गोपाली बर्तमान कार्यसमितिका महासचिव हुन् भने सञ्जय गोपाली बर्तमान महासचिव हुन् ।


निर्वाचन आयुक्त कार्कीका अनुसार २ जना कार्यकारिणी उपाध्यक्ष पदका लागि ४ जनाको उम्मेद्वारी परेको छ । कार्यकारिणी उपाध्यक्ष पदमा स्मिता बिष्ट, अजय कार्की, बिरज थापा र अजित कार्कीको उम्मेद्वारी परेको हो ।


त्यस्तै ४ जना उपाध्यक्ष पदका लागि बिश्वनाथ रायमाझीको मात्रै उम्मेद्वारी परेपछि उपाध्यक्ष पदका लागि मंगलबार दिउँसोसम्मका लागि उम्मेद्वारी दिने समय थप गरिने पालुङ जेसीजले जनाएको छ ।


पालुङ जेसीजको २८ गते साधारण सभा र निर्वाचन कार्यक्रम हुने गरी कार्यक्रम परिमार्जन गरिएको जेसीजले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.