नेपाल बुद्धिजीवी संगठन बकैयाको अध्यक्षमा पुनः महर्जन

मकवानपुर, १६ मंसिर । नेपाल बुद्धिजीवी संगठन बकैया गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
शनिवार बकैयामा सम्पन्न सम्मेलनले पुनः बिष्णुहरि महर्जनको अध्यक्षतामा ३ सदस्य पछि मनोनयन गर्ने गरि १५ सदस्यीय बकैया गाउँपालिका समिति गठन गरेको छ ।

समितिका उपाध्यक्षहरुमा जिमाकुमारी जिम्बा, राजकुमार वाइवा चयन भएका छन् ।

त्यस्तै सचिवमा शनि स्याङ्तान, सहसचिवमा सुुन्दर बि.सी., कोषाध्यक्षमा मञ्जु दाहाल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा भिमबहादुर थिङ, आकाश भोम्जन, बिष्णुबहादुर राई, उमेश भोलन, दिलबहादुर थिङ, चन्द्रबहादुर वाइबा चयन भएका नेपाल बुद्धिजीवी संगठन जिल्ला समन्वय समिति अध्यक्ष दीर्घ नारायण भट्टराईले बताए ।


नेपाल बुद्धिजीवी संगठन बकैया गाउँपालिका समिति अध्यक्ष बिष्णुहरि महर्जनको अध्यक्षतामा भएको सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।


सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)का बागमती प्रदेश समिति सदस्य तथा बकैया गाउँपालिका इन्चार्ज जीवन गोलेको बिशेष आतिथ्यता रहेको थियो ।


त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का मकवानपुर जिल्ला समन्वय समिति सदस्य परशुराम गौतम, भक्तबहादुर खत्री, नेपाल बुद्धिजीवी संगठन केन्द्रिय समिति सदस्य गायत्री रुपाखेती, प्रदेश सचिवालय सदस्य शुक्रमान राई, मकवानपुर जिल्ला समन्वय समिति अध्यक्ष दीर्घ नारायण भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.