बिभिन्न ब्याक्तित्व सम्मानसहित पालुङ जेसीज सप्ताह समापन

मकवानपुर, १५ मंसिर । पालुङ जेसीज बर्ष २०२४ को जेसीज सप्ताह शनिबार एक कार्यक्रमका बिच समापन गरिएको छ ।
सात दिनसम्म बिभिन्न रचनात्मक कार्यक्रम सहित संचालन भएको जेसीज सप्ताह समापन गरिएको हो ।

पालुङ जेसीजको सभाहलमा भएको समापन कार्यक्रममा थाहा नगरपालिका भित्र रहेर विभिन्न क्षेत्रमा योगदान दिएका ब्याक्तित्वलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा लामो समयदेखि महिला स्वयंसेविकाको रुपमा सेवा दिदै आइरहेकी थाहा ३ कि मधुमाया भुजेल र थाहा १ कि सुनमाया गोपाली, शिक्षण पेसामा निरन्तर सक्रिय भई हालै निबृत्त भएका पालुङ जेसीज बर्ष २००७ का अध्यक्ष समेत रहेका कृष्णमान श्रेष्ठ, आधुनिक कृषिमा सक्रिय थाहा ६ बज्रवाराहीका तेजबहादुर उप्रेती र थाहा ३ का बिकेश गोपाली रहेका छन् ।

तेसैगरी पर्यटन ब्यवसायी पालुङ जेसीजका पूर्व अध्यक्ष एवम् गौरी शंकर होटल दामनका शिवकुमार खत्री र नेपालमै पहिलो पटक बाख्राको चिज उत्पादक चित्लाङका असोक सिं ठकुरी सम्मानित भएका छन् ।

साथै दक्षिण एशियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक बिजेता खेलाडिहरु सुस्मिता दोङ,आशा तामाङ र प्रमिला थोकरलाई पनि सम्मान गरिएको थियो ।

पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षता तथा नेपाल सरकारका प्रमुख सचेतक समेत रहेका मकवानपुर क्षेत्र नं. २ का सांसद महेशकुमार वर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि वर्तौलाले पालुङ जेसीजले सामाजिक नेतृत्व बिकासमा ठुलो योगदान पुर्याएको बताए ।

कार्यक्रममा जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मानसिं दोङले स्वागत गर्दै हप्ताभर गरिएको कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राजाराम गौतम, पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान, माओवादी केन्द्र थाहा नगर सचिव लक्ष्मण बिष्ट, हेटौंडा जेसीजका अध्यक्ष विकेश लाल श्रेष्ठ, मकवानपुर गढी जेसीजका अध्यक्ष बिजय पुडासैनीले शुभकामना दिएका थिए।
कार्यक्रममा थाहा नगरपालिकाका पूर्व नगर उपप्रमुख एवम् पालुङ जेसीजका पूर्व अध्यक्ष खड्गबहादुर गोपाली, सिमरा जेसीजका अध्यक्ष लक्की रिमाल, पालुङ जेसीजका पूर्व अध्यक्षहरु, थाहा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष शिवराज थिङ, बस्तिपुर जेसीजका अध्यक्ष अमृत पाठक, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबु अर्याल लगायत थाहा नगरपालिकाका शाखा प्रमुखहरु, राजनैतिक दलका प्रतिनिधिहरु, बैंक तथा बित्तीय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रमना सप्ताहव्यापी कार्यक्रममा बिजयी प्रतियोगीहरुलाई पुरस्कार, प्रमाणपत्र, प्रशंसापत्र तथा सम्मानपत्र प्रदान गरेका थिए।

पालुङ जेसीजका महासचिव बिक्रम गोपालीले संचालन गरेको कार्यक्रम शाखा सम्पादक अन्जय प्रधानको संयोजकत्वमा भएको थियो।

मंसिर ७ गते औपचारिक उद्घाटन भएको जेसीज सप्ताह अन्तरगत ९ गते जनकल्याण माबि पालुङमा लक्ष्य निर्धारण तालिम, १० गते प्रदिप जेसीज दौड प्रतियोगिता, ११ गते न्यानो कपडा वितरण कार्यक्रम, १२ गते माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता, १३ गते ऋषेश्वर प्राबि दामनका बिद्यार्थीहरुलाई भरत–रत्न छात्रवृत्ति वितरण कार्यक्रम र मैत्रीपूर्ण जेसीज कप फुटबल प्रतियोगिता सम्पन्न भएको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.