जेसीज कप फुटबलको उपाधि थाहा नगरपालिका

मकवानपुर, १५ मंसिर । पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तरगतको जेसीज कप मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका टिमले जितेको छ ।

शनिबार बिहान भएको प्रतियोगिताको फाईनल खेलमा थाहा नगरपालिकाले आयोजक पालुङ जेसीजलाई ४-१ गोल अन्तरले पराजित गरि उपाधि जितेको हो ।

प्रतियोगितामा पालुङ जेसीज, थाहानगरपालिका, नेपाल लेखापढी ब्यवशायी संघ, बैंक तथा बित्तीय संस्थाका कर्मचारी गरि ४ टिमको सहभागिता रहेको थियो ।

बिजेतालाई ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.