
मकवानपुर, १३ मंसिर । पालुङ जेसिजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तरगतको पाँचौं दिन थाहा नगरपालिका ४ स्थित ऋषेश्वर प्राबि दामनमा भरत–रत्न छात्रबृत्ति वितरण गरिएकोछ ।
बुधबार ऋषेश्वर प्राबि दामनमा अध्ययनरत कक्षा १ देखि ५ सम्म अध्ययनरता ५ जना बिद्यार्थीलाई भरत–रत्न छात्रबृत्ति वितरण गरिएको पालुङ जेसिजको वर्ष २०२४ का महासचिव विक्रम गोपालीले बताए । छात्रबृत्ति पालुङ जेसीजका पूर्व अध्यक्ष भरत गोपाली र उहाँको श्रीमति रत्न गोपालीले प्रायोजन गरेका थिए ।
पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा सञ्चालन भएको छात्रबृत्ति वितरण कार्यक्रममा थाहा नगरपालिका उपप्रमुख एवम् पालुङ जेसीजका पूर्व अध्यक्ष भरत गोपालीकोे प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्ष जयराम खत्री, ऋषेश्वर प्राबि का बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष कान्छा लामा, कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मानसिं दोङ, कार्यकारिणी उपाध्यक्ष नारायण तामाङ, उपाध्यक्ष एवम् सप्ताह सह–मूल कार्यक्रम संयोजक नारायण कार्की, उपाध्यक्ष स्मिता बिष्ट, सदस्य माधव कार्की, छात्रबृति वितरण कार्यक्रम संयोजक रचना बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
सप्ताह कार्यक्रम अन्तरगत भोलि शुक्रबार पालुङ जेसीज, जनप्रतिनिधि, स्थानीय संघसंस्था प्रतिनिधि, नगरपालिकाको कर्मचारी बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुने कार्यक्रम संयोजक श्रीकृष्ण श्रेष्ठले बताए ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan