वक्तृत्वकला प्रतियोगितामा आकृती के.सी. प्रथम

मकवानपुर, १२ मंसिर । पालुङ जेसिजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तरगतको चौंथो दिन माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
बुधबार पालुङ जेसीजको सभाहलमा भएको प्रतियोगितामा नाटेश्वर माबि थाहा १० की छात्रा आकृती के.सी. प्रथम, पालुङ भ्याली हार्ट एकेडेमी थाहा ३ की छात्रा सुमिना थापा द्वितीय, सरस्वती बिद्या मन्दिर थाहा ६ की छात्रा राशी श्रेष्ठ तृतीय भएका थिए ।


वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई जेसीज सप्ताह समापनको दिन १५ गते शनिवार क्रमशः नगद ३ हजार, २ हजार र १ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक रोशनी गोपालीले बताईन् ।


‘समय, समूह र पूर्णता’ शीर्षकमा भएको प्रतियोगितामा थाहा नगरपालिकाका १० बिद्यालयका १९ जना बिद्यार्थीहरुको सहभगिता रहेका पालुङ जेसीज बर्ष २०२५ का महासचिव विक्रम गोपालीले बताए ।


पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा सञ्चालन भएको प्र्रतियोगितामा थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान, कुमार नेगी, कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मानसिं दोङ, कोषाध्यक्ष सञ्जय गोपाली, उपाध्यक्ष एवम् सप्ताह सह–मूल कार्यक्रम संयोजक नारायण कार्की, उपाध्यक्ष स्मिता बिष्ट लगायतको उपस्थिति रहेको थियो ।


सप्ताह कार्यक्रम अन्तरगत भोलि बिहीबार ऋषेश्वर प्रावि दामनका बिद्यार्थीहरुलाई भरत–रत्न छात्रबृत्ति बितरणको कार्यक्रम रहेका महासचिव बिक्रम गोपालीले बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.