हाजिरी जवाफ प्रतियोगितामा बागेश्वरी माबि प्रथम

मकवानपुर, ११ मंसिर । लियो क्लब अफ पिस थाहानगरद्वारा आयोजित थाहा नगर स्तरीय प्रथम अन्तर माध्यमिक बिद्यालय रनिङ शिल्ड हाजिरी जवाफ प्रतियोगितामा बागेश्वरी माबि थाहा ११ प्रथम भएकोछ।

मंगलबार जनकल्याण माबि थाहा ३ को सभाहलमा संचालन भएको प्रतियोगितामा सरस्वती विद्या मन्दिर थाहा ६, द्वितीय र पालुङ भ्याली हार्ट एकेडेमी थाहा ३ तृतीय भएको कार्यक्रम संयोजक बिराज थापाले जानकारी दिए।

प्रतियोगितामा थाहा नगरपालिकाका १० सामुदायिक र संस्थागत विद्यालयको सहभागिता रहेको लियो क्लब अफ पिस थाहानगरका सचिब अजय कार्कीले बताए ।

प्रतियोगिता लियो क्लव अफ पिस थाहानगरका अध्यक्ष शिशिरकुमार खत्रीको अध्यक्षता एवम् लायन्स क्लब अफ थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यतामा भएको थियो।

कार्यक्रममा जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की र थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेको बिशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै लायन्स क्लब अफ थाहा पिसका निवर्तमान अध्यक्ष गिता कार्की, वर्तमान अध्यक्ष सतिदेवी स्याङ्तान, लियो क्लब अफ पिस थाहानगरका पूर्व अध्यक्ष कमल बिष्ट, निवर्तमान अध्यक्ष रोशनी गोपाली, लायन्स क्लब अफ थाहा पिसका सदस्य माधव कार्की लगायतको आतिथ्यता रहेको थियो ।

बिजेता बिद्यालयले शिल्ड प्रमाणपत्र संगै सहभागी विद्यार्थीले स्टेसनरी सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

थाहा नगरपालिका र लायन्स क्लब अफ थाहा पिसले सहयोग गरेको प्रतियोगिताका बिजेता विद्यार्थीहरुलाई समिप स्टेसनरीको प्रोपाइटर मिरा लटौला कार्कीले स्टेशनरी सहयोग गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.