पालुङ जेसीज सप्ताहको तेस्रो दिन, न्यानो कपडा वितरण

मकवानपुर, ११ मंसिर । पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तरगतको तेस्रो दिन न्यानो कपडा वितरण गरिएको छ ।
थाहा नगरपालिकाका ५ जनालाई न्यानो कपडा वितरण गरिएको पालुङ जेसीज बर्ष २०२४ का महासचिव बिक्रम गोपालीले बाताए ।
पालुङ जेसीज बर्ष २०२४ का निवर्तमान अध्यक्ष संगम कार्कीले आफ्ना हजुरबुबा हजुरआमा कृष्णबहादुर र तारादेवी कार्कीको स्मृतिमा न्यानो कपडा वितरण गरिएको कार्कीले बताए। जाडो मौसममा अति आवश्यक पाँच जनालाई न्यानो ब्ल्यांकेट वितरण गरिएको हो ।

पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष सानोभाई कार्की, कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मानसिंदोङ, उपाध्यक्ष एवम् सप्ताह सह–मूल कार्यक्रम संयोजक नारायण कार्की, उपाध्यक्ष एवम् कार्यक्रम संयोजक अजय कार्की, उपाध्यक्ष स्मिता बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

साथै भोलि बुधबार बिहान १० बजे रोशनी गोपालीको संयोजकत्वमा जेसीज हलमा माध्यमिक तह स्तरीय बक्तृत्वकला प्रतियोगिता हुने अध्यक्ष रायमाझीले बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.