वाइसीएल थाहानगरका पूर्व अध्यक्ष सम्मानित

मकवानपुर, १० मंसिर । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल)थाहा नगर कमिटी दोस्रो सम्मेलनले निर्वाचित कमिटीको पहिलो बैठक सम्पन्न भएको छ ।

सोमबार थाहा नगरको विकासघरमा भएको बैठकले बिभिन्न निर्णयसहित संगठनका दुई पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ ।
वाइसीएल थाहा नगर कमिटिको प्रथम नगर बैठकको अवसर पारेर पूर्व अध्यक्षद्वय बिरु लामा र मानसिं दोङलाई सम्मानपत्र सहित सम्मान गरेको वाइसीएल थाहानगर अध्यक्ष केशव सुनारले जानकारी दिए।

बैठकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश समिति सदस्य इन्द्रबहादुर श्रेष्ठ र थाहानगर अध्यक्ष बिनोदकुमार लामा, उपाध्यक्ष प्रमोद गोपाली, सचिब लक्ष्मण बिष्ट,सदस्य यादवजंग रायमाझी, अर्जुन सुनार, जमिन दियाली, वाईसीएल बागमती प्रदेश कमिटी सदस्य दिपेन्द्रकुमार थिङ, जिल्ला समन्वय समिति सदस्य सुवर्ण गोपाली लगायतको आतिथ्यता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.