प्याब्सन थाहा नगरको अधिवेशन सम्पन्न

मकवानपुर, १० मंसिर । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) थाहा नगर समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

सोमबार थाहानगरमा भएको अधिवेशनले सुरेन्द्रमान प्रधानलाई ३ बर्षको लागि पुन: अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरि समितिको उपाध्यक्षमा सजिनभक्त श्रेष्ठ, सचिव संगम कार्की र कोषाध्यक्षमा श्यामकृष्ण जोशी चयन भएकाछन् ।
त्यस्तै सदस्यहरुमा मनोज रायमाझी, सुदर्शन कार्की र सुशील ओस्ती चयन भएकाछन् ।

समितिको सल्लाहकारद्वयमा रामकृष्ण बस्नेत र रामशरण थापा रहेकाछन् ।

प्याब्सन मकवानपुर अध्यक्ष बिनोद सुवेदीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा वरिष्ठ उपाध्यक्ष राजकुमार नहर्कीको आतिथ्यता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.