सिस्नेरीको एन्फा एकेडेमी हेटौंडामा

मकवानपुर, १० मंसिर । अखिल नेपाल फुटबल संघ(एन्फा) ले मकवानपुरको सिस्नेरी वत्सलदेवी माबिमा संचालन गरेको फुटबल प्रशिक्षण कार्यक्रम (एकेडेमी) स्थगन गरेसंगै सो एकेडेमी हेटौडामा संचालन हुने भएको छ ।
उक्त एकेडेमी हटौँडा ११ मा रहेको हेटौँडा एकेडेमी आवसिय माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ ।

सोमबार हेटौँडा एकेडेमीमा एक कार्यक्रमको आयोजना गरि एन्फा पदाधिकारीहरू र विद्यालयबिच फुटबल एकेडेमी सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यही असोज ११/१२ गतेको अविरल वर्षापछि सिस्नेरीको वत्सलादेवी मा.वि. एन्फा एकेडेमीमा प्रशिक्षणरत ६ जना प्रशिक्षार्थीको पहिरोमा परि निधन भएपछि एन्फाले त्यहाँको फुटबल कार्यक्रम स्थगन गरेको थियो ।

सिस्नेरीको एकेडेमी स्थगन गरेपछि हेटौँडा एकेडेमीले फुटबल प्रशिक्षण एकेडेमी संचालन गर्ने अवसर प्राप्त गरेकोको एन्फा महासचिव किरण राइले बताए ।

अब फुटबल एकेडेमीमा रहेका बाँकी विद्यार्थीहरुलाई हेटौँडा एकेडेमीको व्यवस्थापनमा अध्ययन सहित फुटबलको प्रशिक्षण हेटौंडा एकेडेमीकै मैदानमा सञ्चालन गरिने विद्यालयका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.