
मकवानपुर, १० मंसिर । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति १५ हजार ९०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रति तोला १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । जबकि आइतबार छापावाल सुनको मूल्य प्रति तोला लाख १ लाख ६७ हजार २०० रुपैयाँ थियो ।
सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाउने निर्णय गरेसँगै बजारमा सुनको मूल्यमा भारी गिरावट आएको हो । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यस्तै सोमबार चाँदी १ हजार ८सय ४५ रुपैंयामा कारोबार भएको छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan