
मकवानपुर, ०९ मंसिर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम समावेश भएकाहरूले नागरिकता, राष्ट्रिय परिचय पत्र र सवारी चालक अनुमति पत्र (लाइसेन्स) देखाएर पनि मतदान गर्न पाउने भएका छन्।
स्थानीय तहको उपनिर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदाता परिचयपत्र नभएमा नागरिकता वा अन्य परिचय पत्र भए पनि मतदान गर्न पाउने भएका हुन्।
निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मतदाता नामावलीसँग नाम भिडाएर मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ।
मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्र मध्ये कुनै एउटा भए मतदान गर्न दिइनेछ।
स्थानीय तहका रिक्त ४४ पदका लागि यही मंसिर १६ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan