पालुङ जेसीजको तालिम सम्पन्न

मकवानपुर, ०९ मंसिर । पालुङ जेसिजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तरगतको पहिलो कार्यंक्रम लक्ष्य निर्धारण तालिम सम्पन्न भएको छ ।
आईतबार बिहान थाहा नगरपालिका ३ स्थित जनकल्याण माविमा लक्ष्य निर्धारण तालिम सञ्चालन गरिएको तालिम कार्यक्रम संयोजक विराज थापाले जानकारी दिए ।


तालिममा जनकल्याण माविमा कक्षा १२ मा अध्ययनरत ४० जना बिद्यार्थीको सहभागिता रहेको थियो । तालिमको सहजीकरण पालुङ जेसीज बर्ष २०२४ का कोषाध्यक्ष सञ्जय गोपालीले गरेका थिए ।
पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा सञ्चालन भएको तालिम कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्ष मनोज रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा पालुङ जेसीजका निवर्तामान अध्यक्ष संगम कार्की, महासचिव बिक्रम गोपाली, कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मानसिंदोङ, तालिम आयुक्त अजित कार्की, उपाध्यक्ष एवम् सप्ताह सह–मूल कार्यक्रम संयोजक नारायण कार्की लगायतको उपस्थिति रहेको थियो ।

साथै भोलि सोमबार बिहान ७ बजे बिश्वनाथ रायमाझीको संयोजकत्वमा प्रदिप जेसीज दौड प्रतियोगिता हुने महासचिव बिक्रम गोपालीले बताए । ५ किलोमिटर दुरीको दौड थाहा १ ओखरबजारदेखि सुरुहुने गोपालीले बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.