
मकवानपुर, ०६ कात्तिक । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा–१२ को वडाध्यक्ष पदका लागि नेकपा एमालेबाट उम्मेद्वारी दिएका राजेश नगरकोटी यस निर्वाचनमा आफु जित्नेमा ढुक्क रहेको बताएका छन् । गत स्थानीय तहको निर्वाचनमा तेस्रो भएका नगरकोटीको यसपटक चुनाव जित्ने तयारीमा छन् ।
गत निर्वाचनमा नगरकोटीले १ हजार ३ सय २५ मत प्राप्त गरेका थिए । यो मत उक्त निर्वाचनका बिजयी माओवादीका ललितबहादुर घलानको भन्दा ४६ मत कम हो भने काग्रेसका अर्जुनप्रसाद तिवारीको भन्दा १५ मत कम हो ।
सो निर्वाचनमा मतान्तर कम भएको र यसपालिको तयारी राम्रो भएकोले आफुले जित्नेमा नगरकोटी ढुक्क छन् । यसपटक कुनै पनि दलसंग आफ्नो प्रतिश्पर्धा नभई अत्याधिक मतकासाथ आफु बिजयी हुने नगरकोटीको दाबी छ । नगरकोटीले सबै तहका सरकारसंगको समन्वयमा वडाको आर्थिक स्तर उठाउने कार्यक्रम सञ्चालन गरिने बताए ।
यस वडाको वडाध्यक्ष पदका लागि नगरकोटीसंगै ३ जना स्वतन्त्र उम्मेद्वारसहित माओवादी केन्द्रका रबिकुमार प्रधान (रविन), नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी, राष्ट्रिय स्वतन्त्र पार्टीका आशाबिर बल, नेकपा एकीकृत समाजवादीका बलराम बल लगायत १२ जना चुनाबी प्रतिश्पर्धामा छन् ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan