
मकवानपुर, ०५ मंसिर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा–१२ को वडाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका मध्ये २ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् ।
वडा नं. १२ को वडाध्यक्ष पदमा उम्मेद्वारी दिएका १४ जनामध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन् ।
दुई जनाको उम्मेद्वारी फिर्तासंगै अब उक्त वडाको वडाअध्यक्ष पदमा १२ जनाको उम्मेदवारी रहेको छ ।
उम्मेद्वारी फिर्ता लिनेहरुमा स्वतन्त्र उम्मेद्वारी दिएका युनेश लामा स्याङ्तान र कुमार पोखरेल रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यलयमा उम्मेद्वारी फिर्ता लिए पश्चात स्याङ्तानले पत्रकार सम्मेलन मर्फत प्रेस बिज्ञप्ती जारी गर्दै नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार रबिकुमार प्रधान (रविन)लाई समर्थन गर्ने जानकारी दिएका छन् ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan