महिला पत्रकारिता क्षेत्रको विकासको निम्ति अन्तरक्रिया

मकवानपुर, ०५ मंसिर । बागमती प्रदेशको राजधानी हेटौंडामा महिला पत्रकारिता क्षेत्रको विकासको निम्ति सरोकारवालाको क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रमको सम्पन्न भएको छ ।
कार्यक्रम नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयले आयोजनामा सम्पन्न कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा प्रमुख अतिथि चिलुवालले आचारसंहिता पालना गरि सत्य–तथ्य समाचार लेख्न संचारकर्मीहरुलाई आग्रह गरे । उनले नीति निर्माण तहमा पुग्दा आगामी कार्यक्रम तथा योजना आम जनतासमक्ष समाचारको माध्यममार्फत् पुर्याउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताए ।
संचार मन्त्रालयका प्रशासन शाखाका प्रवक्ता गजेन्द्रप्रसाद ठाकुरको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशकी उपाध्यक्ष नानीमाया कार्की (सम्झना), महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष ध्रुब अधिकारी, मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्याललगायतको आतिथ्यता रहेको थियो ।


सो क्रममा मन्त्रालयकी उपसचिव एवम् सुचना अधिकारी ममता बास्तोलाले स्वागत मन्तव्य तथा मन्त्रालयको गतिविधिबारे जानकारी दिएकी थिइन् ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) की मकवानपुर संवाददाता अञ्जली थापाले महिला पत्रकारहरुले क्षमता अभिवृद्धिका लागि गर्न सकिने कार्यहरु, नेपालमा महिला पत्रकारको अहिलेको अवस्था लगायत बिषयमा आधारभूत जानकारी दिएकी थिइन् ।
यस्तै, कार्यक्रममा प्रेस काउन्सिलको अनुसन्धान तथा अनुगमन प्रमुख सञ्चिता घिमिरेले श्रमजिवी पत्रकार, पत्रकार महिलाको इतिहास, मिडियामा महिला पत्रकार किन आवश्यक छ ?, सम्रगता पत्रकारिताका समस्या र चुनौती लगायतको बारेमा प्रस्तुतिकरण गरेकी थिइन् ।


कार्यक्रममा मकवानपुर जिल्लामा क्रियाशिल सञ्चार माध्यमका पत्रकारहरुको सहभागिता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.