
मकवानपुर, २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र थाहानगर कमिटी वाईसियल नेपाल थाहा नगरकमिटीको दोस्रो नगर सम्मेलनको उद्घाटन कार्यक्रमको अवसरमा आयोजित जनसभा सफल बनाउन सहयोग गर्नेहरु प्रति हार्दिक आभार व्यक्त गरेको छ।
माओवादी केन्द्र थाहा नगर कमिटीले प्रेस बिज्ञप्ति जारी गर्दै वाइसिएल थाहा नगर कमिटिको दोस्रो नगर सम्मेलनको अवसरमा आयोजित जनसभा भव्य रुपमा सम्पन्न भएको जनाइएको छ।

माओवादी केन्द्र थाहा नगर कमिटी अध्यक्ष बिनोदकुमार लामाले हस्ताक्षर गरेको बिज्ञप्तीमा २४ गते शनिवार थाहा नगरको ईन्द्रायणी चौरमा भएको सभालाई सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद सहित आभार ब्यक्त गरिएको छ ।
बिज्ञप्तीमा भनिएको छ, “जनसभामा आम जनसमुदायको उल्लेख्य उपस्थितिले हाम्रो पार्टीले अंगिकार गरेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लागि भ्रष्टाचार बिरुद्धको अभियानलाई जनताको पूर्ण समर्थन रहेको कुरालाई पुष्टि गरेको छ।”

जनसभामा संवोधनका लागि उपस्थित पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पुर्व सभामुख तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटा पार्टीका केन्द्रिय सदस्यहरु, वाइसिएल नेपालका केन्द्रिय अध्यक्ष तथा केद्रिय सदस्यहरु, पार्टिका प्रदेश सदस्यहरु, वाइसिएलका प्रदेश इन्चार्ज तथा सदस्यहरु, जिल्लाका सम्पूर्ण पार्टी पंक्ती तथा जनबर्गिय संघसंगठनका पदाधिकारीहरु, नगर कमिटीका सम्पूर्ण सदस्यहरु लगायत पार्टीका सबै कमिटीमा रहेका सदस्यहरुका साथै जनसभामा उपस्थित सम्पूर्ण ब्यक्तिहरुप्रति माओवादी केन्द्र थाहा नगर कमिटीले आभार प्रकट गरेको बिज्ञप्तीमा उल्लेख गरिएकोछ ।
बिज्ञप्तीमा जनसभा सफल पार्न सहयोग गर्ने पत्रकार, सुरक्षा निकाय र अन्य नैतिक, आर्थिक, भौतिक सहयोग गर्ने सम्पूर्णमा आभार सहित धन्यवाद व्यक्त गरेको छ ।
वाइसिएल थाहानगर सम्मेलनले केशव सुनारको अध्यक्षतामा १३ सदस्य मनोनित गर्नेगरी ७३ सदस्यीय नगर कमिटी चयन गरेको छ ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan