वाईसिएल थाहानगर अध्यक्षमा केशब सुनार

मकवानपुर, २५ कात्तिक । नेकपा माओबादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल थाहानगर कमिटीको अध्यक्ष पदमा केशब सुनार चयन भएका छन् ।
वाईसिएल नेपाल थाहानगर कमिटीको आईतबार भएको बन्दसत्रले अध्यक्ष पदमा सुनारलाई सर्वसम्मत चयन गरेको वाईसिएल नेपाल मकवानपुर जिल्ला सदस्य एवम् थाहानगर इन्चार्ज हिरेन्द्रकुमार रायमाझीले बताए ।

सुनारको अध्यक्षतामा १३ सदस्य पछि मनोनित गर्नेगरी ७३ सदस्यीय नगर कमिटी चयन गरेको वाइसिएल बागमती प्रदेश कमिटी सदस्य दिपेन्द्रकुमार थिङ ले बताए ।
कमिटीमा मनोनीत गर्ने सदस्य र पदाधिकारीको चयन पहिलो बैठकले गर्ने वाईसिएल थाहा नगरले जनाएको छ ।सम्मेलनको उद्घाटन शनिबार नेकपा माओबादी केन्द्रका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.