यस बर्षको छठ पर्व सम्पन्न

मकवानपुर, २३ कात्तिक । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस बर्षको छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधिसहित मनाइएको यस पर्वको चौथो दिन आज (शुक्रबार) बिहान जलाशयबाट उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै धूमधामका साथ छठ पर्व सम्पन्न भएको हो ।


हेटौंडा, काठमाडौँको विभिन्न नदी तथा तलाउमा पनि यो पर्व धूमधामका साथ मनाइएको छ । तराईका महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको छ ।


पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्व प्रारम्भ गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.