सावित्रा भण्डारी ‘साम्बा’लाई सञ्चारिका समूह मकवानपुरद्वारा सम्मान

हेटौँडा, साउन १७ / नेपाली महिला राष्ट्रिय फुटबल टोमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई सञ्चारिका समूह मकवानपुरले विशेष सम्मान गरेको छ। ‘देश चिनाउनेसँग हाम्रो चिनजान तथा सम्मान’ शीर्षकमा आयोजित कार्यक्रममा भण्डारीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो।

कार्यक्रम हेटौँडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ तथा हेटौँडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक तथा शिक्षाविद् पूरणबहादुर जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सम्मानका लागि आवश्यक पुरस्कार राशिको व्यवस्थापन हेटौँडा स्कुल अफ म्यानेजमेन्टले गरेको थियो।

कार्यक्रममा बोल्दै कप्तान भण्डारीले संघर्ष र अभावका बीचबाट अघि बढ्दै प्राप्त सफलतालाई आत्मसम्मान्र गौरबको विषय भएको बताउँदै, आफ्नो फुटबल यात्रा मोजाबाट बनेको बलबाट सुरु भएको संस्मरण सुनाइन्।

सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सानुमाया गुरुङ (निशा)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी,अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य टीका लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिं रानाभाट, समूहकी उपाध्यक्ष जमुना तामाङ, पूर्व अध्यक्ष सरिता दाहाल लगायतको उपस्थिति एबम सम्बोधन रहेको थियो।

सञ्चारिका समूह मकवानपुरले आफ्ना क्रियाकलापमार्फत समाजमा योगदान पुर्‍याउने व्यक्तित्वलाई निरन्तर प्रोत्साहन गर्दै आएको जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.