
मकवानपुर — थाहा नगरपालिका वडा नम्बर ६ स्थित बाराही चौरमाजारी प्रथम थाहा नगर स्तरीय नाइन ए साइड वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
थाहा नगर खेलकुद विकास समिती वडा न. ६ को आयोजनामा भइरहेको प्रतियोगिताका संयोजक सुरेन्द्र थापा मगरले जानकारी दिए अनुसार आज भएको खेलबाट वडा न १ सहित वडा न ४ ए र बि र वडा न ९ सेमिफाइनल प्रवेश गरेका हुन।
सेमिफाइनल असार १३ गते हुने आयोजकले जानकारी दिएको छ भने पहिलो सेमिफाइनल खेल वडा न १ र वडा न ९ बिच हुने छ भने दोस्रो खेल वडा न ४ र वडा न ४ कै ड्रीम्स बिच हुने छ।
प्रतियोगिताको विजेता टिमले ५० हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan