प्रेस सेन्टर गण्डकी अध्यक्षमा : अर्जुन काफ्ले

माघ २२ हेटौंडा

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । काफ्ले यसअघिका समेत अध्यक्ष हुन् ।

सोमवार पोखरामा सम्पन्न तेस्रो अधिवेशनले काफ्लेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

खुला उपाध्यक्ष सन्तोष गौतम, समाबेशी उपाध्यक्षमा, सन्देश श्रेष्ठ महिला उपाध्यक्षमा सबिना रान सर्वसम्मत निर्वाचित भए ।

महासचिवमा गुणराज रोका, सचीव (दलित) साने बहादुर नेपाली, जनजाति सचीव दान बहादुर गुरुङ, सचीव सुरेश अधिकारी, खुला सचीव अग्निथर लुइँटेल र कोषाध्यक्षमा श्रीभद्र पौडेल सर्वसम्मत रुपमा निर्वाचित भए ।

सदस्यहरुमा सतिसा शर्मा, शुरेस अधिकारी, राजकुमार छत्कुली, राजबाबु पिसि, बिमल आचार्य, फडिन्द्र अधिकारी, रवि दाहाल, लक्ष्मण दंगाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे सर्वसम्मत रुपमा चयन भएका छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.