
१४ जेठ, काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ ।
डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने कास्यमा सीमित बनेको हो । नेपालले उज्वेकिस्तानलाई २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो ।समूह ए को सेमिफाइनलमा काजकसेतानसँग पराजित भएको उज्वेकिस्तान र समूह ए बाट भारतसँग पराजित भएको नेपाल बिच तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जित हात पारेको हो ।
पहिलो सेटमा २५-२० को हारमा नेपाली टिमको एकदमै सिल्ली मिस्टेकका कारण पछि पर्यो । नेपालले दोस्रो, तेस्रो र चौथो सेटमा उज्वेकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान बनाएको हो ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan