
थाहा नगरपालिका, मकवानपुर — “Use Heart For Every Heart : मन लगाऔं सबैको मुटु बचाऔं” नारासहित थाहा नगरपालिका–४ मा निःशुल्क मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना हुने भएको छ।
शिविर २०८२ कार्तिक २८ र २९ गते बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म पालुङ्ग प्राथमिक स्वास्थ्य केन्द्र, थाहा–४ मा सञ्चालन हुने छ।
थाहा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, इन्द्रायणीचौर मकवानपुरको आयोजनामा हुने यस शिविरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुर सहआयोजकको रूपमा रहनेछ।
शिविरका विशेषताहरूमा —
१. मुटु रोग तथा जनरल फिजिसियन सेवा उपलब्ध गराइने।
२. थप निःशुल्क सेवा : ECG, ECHO, USG, PFT तथा सुगर परीक्षण।
३. १५ दिनसम्मका लागि निःशुल्क औषधि वितरणको व्यवस्था।
४. दन्त उपचार सेवा पनि उपलब्ध गराइनेछ।
शिविरमा मुटुरोग विशेषज्ञ प्रा. डा. मनोज श्रेष्ठ (कार्डियोलोजिष्ट) तथा प्रा. डा. सुमन कर्माचार्य (सिनियर जनरल तथा फिजिसियन डाक्टर) ले स्वास्थ्य जाँच गर्ने छ्न।
यस कार्यक्रमको समन्वय नेपाल हृदय रोग निवारण प्रतिष्ठान थाहा नगर तथा प्राविधिक सहयोग पालुङ्ग प्राथमिक स्वास्थ्य केन्द्र, थाहा–४ ले प्रदान गर्नेछ।
स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस शिविरबाट स्थानीय बासिन्दाहरूले निःशुल्क मुटु परीक्षण, उपचार तथा परामर्श सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan