
डुम्रे । दुर्घटना परी शोकमा डुबेका भुजेल समुदायको पीडामा सांसद भण्डारीले मलम लगाएका छन् । तनहुँ–२ बाट निर्वाचित भएको भएपनि सांसद भण्डारीले तनहुँ–१ मा पुगेर मलम लगाएपछि सबैले प्रशंसा गरेका छन् । सांसद भण्डारी उनिहरुको पिडमा मलम लगाउन उनी बिहीबार भुजेल गाउँमा पुगेका थिए ।
गत वैशाख २० गते बिहान ९।३० बजेको समयमा बन्दिपुर ५ को याम्पा आँधिखोलामा विद्यालय जानका लागि स्कूल बसको प्रतिक्षामा रहेका बालबालिका र आफ्नै घर छेउमा बसी रहेका ८ जनालाई ट्रकले ठक्कर दिँदा वर्ष ६९ का सनबहादुर भुजेल, सुनमायाँ भभुजेलका श्रीमान् ४७ वर्षिय चेतबहादुर घर्ती र झलक भुजेलका छोरा वर्ष १२ का आयुष भुजेलको अस्पताल लैजाँदै गर्दा मृत्यू भएको थियो ।
सोही घटनाका परिवारजनलाई सांसद भण्डारीले भेट्नु भएको हो । सांसद भण्डारीले घर पिडित परिवारलाई व्यक्तिगत रुपमा काजक्रिया खर्च वापत १०/१० हजारका दरले प्रदान गर्नुभएको छ । साथै घाईतेको उचित उपचार, क्षतिपूर्ति र ट्रक चालकलाई कानुनी रुपमा कडाभन्दा कडा सजाएँ दिलाउन पहल गर्ने र पिडित परिवारका बालबालिकाको पढाई र बसाईमा सहयोग गर्न सम्बन्धित सरोकारवालासँग भेटी माग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सांसद भण्डारीसँगै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं गण्डकी प्रदेश समितिका सदस्य लक्ष्मी आचार्य, आँबुखैरेनी गाउँपालिकाका सभापति विजय गुरुङ, क्षेत्रीय सदस्य किसन थापा, बन्दिपुर गापाका कार्यपालिकाका सदस्य जीवन भुजेल, काँग्रेस क्षेत्रीय प्रतिनिधि तारामाया भुजेल, सुरज श्रेष्ठ मदन, तरुण दल आँबुखैरेनीका सभापति दिपेन्द्र अधिकारीले भेट गरेका थिए ।
डुम्रेबाट मुग्लिन जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको सुनमाया र सनबहादुर भुजेलको घरमा ठोक्किँदा ३ जनाको मृत्यू भएको थियो भने पाँच जना घाईते भएका थिए । घाईते मध्ये तीन जना बालबालिकाको चितवन स्थित पुरानोे मेडिकल कलेजमा उपचार भैरहेको छ । उपचार भैरहेकाहरुमा झलक भुजेलकी ८ वर्षिय छोरी आयुषा , सुनमायाँकी छोरी वर्ष १० की जस्मी भुजेल र शिव भुजेलका छोरा वर्ष १२ का इश्वर रहेका छन् । घाईते सबैको स्वास्थ्यमा सुधार हुँदै परिवारजनले जानकारी दिएका थिए ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan