
मकवानपुर थाहा नगरपालिकाको पालुङमा जमरा राखिएको छ । ऐतिहासिक पालुङ शहरको दशै घर भत्किएपछि स्थानीयहरुले वडा कार्यालयमै जमरा राखेका हुन् । दशैघर भत्किएपछि अघिल्लो वर्षबाटै स्थानीयले संस्कृति धान्दै अन्यत्र ठाउँ नभएपछि वडा कार्यालयमा जमरा राखेका हुन् । ६ असोजमा परेको घटस्थापनाको शुभ साइतमा थाहा नगरपालिका वडा नम्बर २ को कार्यालयमा जमरा राखेका हुन् ।
वि.सं. २०७२ सालको भुकम्पले भत्किएको उक्त दशै घर जीर्णद्वार हुन नसक्दा भत्किएको इन्द्रायणी भगवती कालाभैरब गुठी संरक्षण समिति पालुङका अध्यक्ष श्यमभक्त श्रेष्ठले जानकारी दिए । दशै घर बनाउनका लागि अघिल्लो आर्थिक वर्षमा पुरात्व विभागले विनियोजन गरेको बजेटबाट दशैघरको जग मात्र हाल्न पुगेको छ । ‘दशै घर निर्माण सम्पन्न गर्ने गरी बजेट उपलब्ध गराउन अनुरोध भईरहेको छ’ स्थानीय निरोज प्रधानले भने । इन्द्रायणी कालाभैरब गुठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठले भने–‘वि.सं. २०७२ सालको भुकम्पले दशै घर पुर्ननिर्माण गर्नुपर्ने गरी क्षति भएपनि एक दशक वित्दा समेत काम हुन नसकेकोले वडा कार्यालयमै जमरा राखिएको हो ।
पालुङमा राज्यको संरचना हुँदा सो दशै घरमा जमरा राख्ने, फुलपाती भित्र्याउने लगायतको कार्य गर्ने प्रचलन रहेको थियो । पालुङको दशै घरमा अहिले पनि फुलपाती भित्र्याउनका लागि स्थानीय सरकार प्रमुखहरु पुग्ने परम्परा अझै छ भने दशैको टिको दिन सरकार प्रमुखले अन्य स्थानीयहरुलाई टिका र जमरा लगाउने चलन समेत विद्यमान छ ।
यसपालि पनि दशै घर परिसरमा १३ असोजमा फुलपाती भित्र्याउने, १५ अ सोजमा महानवमी पुजा गर्ने र १६ गते टिका लगाउने तालिका रहेकोे इन्द्रायणी भगवती कालाभैरब गुठी संरक्षण समितिका सचिव मधुकर विक्रम श्रेष्ठले जानकारी दिए ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan