थाहाको तिनाल खानेपानी आयोजनाको उद्घाटन १ सय १३ परिवार लाभान्वित

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ का ८६ परिवारलाई खानेपानी वितरण गरिएको छ । करिब चार वर्षको अथक प्रयास पश्चात् थाहानगरको ६ नम्बर वडाको तिनाल बस्तीमा खानेपानीको पहुँच विस्तार गरिएको हो । आयोजनाको एक समारोहकाबीच २ भाद्रमा उद्घाटन गरिएको छ ।

‎तिनाल लिफ्टिङ खानेपानी आयोजनामा ७ सय मिटर तल खोल्साबाट पानी लिफ्टिङ गरी वितरण गरिएको छ । १ सय १३ परिवारलाई लक्षित गरी निर्माण गरिएको आयोजनामा हालसम्म ८६ परिवारलाई खानेपानीको घरधारा जडान गरिसकिएको छ । च्वाइस नेपालको करिब ३४ लाख, थाहा नगरपालिकाको ९ लाख तथा स्थानीय समुदायको १७ लाख ५० हजारको लागतमा उक्त आयोजना निर्माण सम्पन्न भएको च्वाइस नेपालका खानेपानी प्राविधिक सुभाषचन्द्र मरहट्टाले जानकारी दिए । निर्माण सम्पन्न पश्चात् स्थानीयबासीलाई डेढ घण्टा लगाएर कुवा र खोल्साबाट पानी ल्याएर खानुपर्ने बाध्यताको अन्त्य भएको छ । घरकै धारामा पानी आए पश्चात् खुशी हुँदै स्थानीय ६५ वर्षिय कान्छी बलामीले भनिन्–‘तसर गाउँमा पुगी अकार्कको धाराबाट घण्टौ लागाएर पानी बोकेर खानुपर्ने बाध्यता हट्यो’– उनले अटो (तीन पाग्रे सवारी)मा एक खेप पानी ल्याएको २ सय भन्दा बढि भाडा तिरेर पानी ल्याउनु परेको सम्झँदै भनिन्–अटो र भारी बोकेर पानी ओसार्ने दिन गए, महिनावारी ३ सय तिरेपछि सँधै पानी घरैमा थाप्न पाइन्छ ।’

‎खानेपानी आयोजना उद्घाटन कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष राजनभक्त श्रेष्ठले च्वाइस नेपालको सहयोगको प्रशंसा गर्दै संस्थाको सहयोगकै कारण तिनालमा खानेपानी खुवाउन संभाव भएको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका श्रेष्ठले आयोजनाको दिगोपनाको लागि महशुल संकलन, व्यवस्थापन र परदर्शी रुपमा काम गर्न समितिलाई आग्रह गरे । ‘तपाइहरु खानेपानीको दिगो व्यवस्थापनका लागि सक्रियता देखाउनुस, मासिक महशुल संकलन तथा मर्मत संभार सबै व्यवस्था गर्नुस् त्यति गर्दा पनि आर्थिक स्रोत कमजोर भए वडा कार्यालयले सहयोग गर्ने गर्छ’–अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाए । उनले आफ्नो वडामा घरैपिच्छे खानेपानी धारा पु¥याउनेदेखि शिक्षा र स्वासथ्यलाई समेत महत्वका साथ काम गर्दै आएको सुनाए ।

‎च्वाइस नेपालका फिल्ड अपरेसन डिरेक्टर भेश्वगल जिसीले योजना सम्पन्न गरी उद्घाटन गरेर छोड्ने च्वाइस नेपालको मनशााय नभएको बताए । कार्यक्रम निर्देशक जिसीले समुदायको सक्रियताका कारण खानेपानी योजना सम्पन्न भई वितरणका कार्य भइरहेको बताउँदै संस्थाको तर्फबाट प्राविधिक सहयोगसँगै समन्वय र सहजीकरणलाई निरन्तरता दिने उल्लेख गरे । कार्यक्रमका विशेष अतिथी समेत रहेको जिसीले धेरै कठिनाईका बीच योजना सम्पन्न गर्नका लागि सहयोग गर्ने जनप्रतिनीधिहरु, समुदाय र सरोकारवाल सबैप्रति आभार व्यक्त गरे ।

‎कार्यक्रममा तिनाल खानेपानी आयोजनाको उपभोक्ता तथा स्थानीय समाजसेवी कल्पना बलामीले बारीमा काम गर्न आउँदा पनि बजारबाट बोतलमा पानी बोकर आउनु पर्ने बाध्यताको खानेपानी उद्घाटनसँगै अन्त्य भएको बताइन् । खानेपानी जस्तो महत्वपूर्ण क्षेत्रमा लगानी गरी योजना सम्पन्न गर्नका लागि भूमिका निर्वाह गर्ने च्वाइस नेपाल, नगरपालिका तथा समुदायलाई बलामीले धन्यवाद दिइन् । बलामीले भनिन्–‘योजना उद्घाटनसँगै अब शुरु भएको छ, यसको दिगोपनाको लागि सबै एकजुट हुन आवश्यक छ ।’ आयोजनाको दिगोपनाको लागि समिति जिम्मेवार भएर अघि बढ्नुपर्ने बलामीको भनाइ थियो । योजना सञ्चालनको क्रममा समितिले पारदर्शी भएर काम गर्नुपर्ने उनले भनाइ राखिन् ।

‎सो अवसरमा खानेपानी आयोजनालाई सफल पार्नका लागि योगदान दिने च्वाइस नेपाल, थाहानगर ६ नम्बर वडा कार्यालय, थाहानगर खानेपानी व्यवस्थापन बोर्डलाई समितिको तर्फबाट सम्मान गरिएको थियो । सो अवसरमा तिनाल लिफ्टिङ खानेपानी आयोजनाका निर्माणका लागि सर्वपक्षिय सहयोग जुटार सक्रियता पूर्वक योजना सम्पन्न गर्न सफल भएकोमा समितिका अध्यक्ष केदार बलामी पनि सम्मानित भएका थिए । निर्माण समितिका अध्यक्ष केदार बलामीको सभाध्यक्षामा भएको कार्यक्रममा च्वाइस नेपाल मकवानपुरका फिल्ड कोडिनेटर सुकराम दुलाल, खानेपानी प्राविधिक सुभास चन्द्र मरहट्टा, थाहानगर खानेपानी व्यवस्थापन बोर्डका सुरज कुमार भुजेल, थाहा नगरपालिकाका फिल्ड सहायक अच्युत विडारी, उपभोक्ता समितिका पदाअधिकारीहरु तथा स्थानीय उपभोक्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । तिनाल लिफ्टिङ खानेपानी आयोजनाको करिब ४ वर्ष अघि संघीयता पश्चात् निर्वाचित पहिलो जनप्रतिनीधिको कार्यकालमै शुरु भएको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.