बकैयालाई नेपाल जेसीजको स्वास्थ्य सचेतना अवार्ड

मकवानपुर । युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्य तथा सृजनात्मक गतिविधिमा सक्रिय मकवानपुर जिल्लाको बकैया जेसीज नेपाल जेसीजको राष्ट्रिय अवार्डबाट पुरस्कृत भएको छ । गत भदौ १४ र १५ गते दमौलीमा सम्पन्न नेपाल जेसीजको क्षेत्र “ख” सम्मेलनमा बकैया जेसीजले यस वर्ष गरेका कार्यक्रम तथा गतिविधिको आधारमा “स्वास्थ्य सचेतना परियोजना अवार्ड” प्राप्त गरेको हो ।

‎नेपाल जेसीजको आयोजना र व्यासनगर जेसीजको आतिथ्यतामा सम्पन्न सम्मेलनमा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष एवं सम्मेलन सभापती एलिना महर्जनले बकैया जेसीजका अध्यक्ष सौभाग्य दुतराजलाई उक्त अवार्ड प्रदान गरेकी थिईन्। बकैया ज्सीजले यस बर्ष स्वास्थ्य क्षेत्रमा समुदाय स्तरमा गरेका कार्यको मूल्यांकन स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो ।

‎उक्त अवार्डले  बकैया जेसीजको गतिविधि र योगदानको उचित मूल्याङ्कन भएको बताउँदै अध्यक्ष दुतराजले यस ऐतिहासिक क्षण सम्भव बनाउन सहयोग गर्ने सम्पूर्ण जेसीज सदस्यहरु, पूर्वअध्यक्षहरु लगायत सबैप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै प्रभावकारी रचनात्मक कार्यक्रम सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.