
थाहा नगर, मकवानपुर ।
थाहा नगरमा राष्ट्रिय मानव अधिकार सरोकार केन्द्रको नगर समिति गठन गरिएको छ । शनिबार सम्पन्न भेलाले सर्वसम्मत निर्णय गर्दै नयाँ कार्यसमिति गठन गरेको हो ।
कार्यक्रमका सभाध्यक्ष निरज रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व महान्यायाधिवक्ता डा. मुक्ति प्रधान रहेका थिए । कार्यक्रममा विशेष अतिथिका रुपमा केन्द्रीय उपाध्यक्ष मित्र मणि शर्मा, महासचिव बिरेन्द्र शाह लगायतको उपस्थिति थियो ।
त्यसैगरी इन्द्र श्रेष्ठ, बिनोद लामा, कृष्ण बहादुर बिष्ट, अरुण रायमाझी र यादब जंग रायमाझी अतिथि रहनुभएको थियो ।
नवगठित थाहा नगर समितिको अध्यक्षमा निरज रायमाझी चयन हुनुभएको छ भने उपाध्यक्षमा रिता कार्की र निरन्जन अधिकारी, सचिवमा ललित सिंह ठकुरी, कोषाध्यक्षमा सरोज बिष्ट, चयन हुँदा समितिमा सदस्यहरुमा मनश्याम बस्नेत,नारायण तामाङ,उदयदास श्रेष्ठ, हरिशरण कार्की,मनोहर बिष्ट, मेनुका थापा मगर चयन भएका छन् ।
समितिले मानव अधिकार संरक्षण, प्रवर्द्धन र सचेतनामूलक कार्यक्रम गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan