
मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको छ । पुर्ण संस्थागत सुत्केरी पालिका घोषणा हुनेमा थाहा नगरपालिका मकवानपुरको पहिलो र प्रदेशको दोस्रो पालिका भएको छ।
आइतबार एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको हो।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरेका हुन् ।
घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले पुर्ण सुत्केरी पालिका घोषणा हुनुमा महिला स्वास्थ्य स्वयंसेवीका तथा स्वाथ्यकर्मीहरुको मेहनत बाट सम्भव भएकोले वहाँ हरुलाइ धन्यवाद दिदै बागमती प्रदेशको स्वास्थ्य क्षेत्र सुधारको लागि दत्तचित्त भएर लाग्ने बताए
तेस्तै प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले नागरिकहरुलाई सहज ढंगले उपचार पाउन भन्दै बागमती प्रदेश सरकार अगाडि बढेको बताउदै प्रदेश भित्रका अस्पताल हरुलाइ सुधार गर्दै प्रदेशभरका प्रत्यक वडामा बर्थिङ सेन्टर स्थापना गर्दै सुरक्षित सुत्केरीको अभियानमा प्रदेश सरकार लागि परेको र सुत्केरी आमाहरुलाइ हवाइ उद्दार कार्यक्रम समेत प्रदेश सरकारले सुरु गरेको बताए।
पछिल्लो ६ बर्ष यता नगरपालिकाभित्रका सबै गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएको र पूर्ण संस्थागत सुत्केरी घोषणाका सबै सूचक पूरा भएपछि नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बलामी बताए।
आर्थिक बर्ष २०८१/०८२ बर्षको अवधिमा पालिकाभरी ३५६ जना आमाले बच्चा जन्माएको र उनीहरु सबैले स्वास्थ्य संस्थामै बच्चा जन्माएको उनले बताए ।
थाहा नगर पालिकामा २०७५ सालदेखि पूर्ण संस्थागत सुत्केरी अभियान सञ्चालन भएको र ०७६ सालमा नेपालकै पहिलो पुर्ण संस्थागत सुत्केरी वडा घोषणा भएपछीको योअवधिमा अहिले अभियानले सार्थकता पाएको नगरपालिकाका प्रमुख बिष्णु बिष्टले बताए । आमा तथा शिशु मृत्युदरलाई शून्यमा झार्ने अभियान अन्तर्गत पालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिएको उनले बताए।
पालिकाभरीका गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएको, गर्भवती आमाहरुले नेपाल सरकारको प्रोटोकल अनुसार ८ पटक गर्भ जाँच गरेको, गर्भवती तथा सुत्केरी आमाहरुले आइरन चक्की सेवन गरेको, सुत्केरीपछि आमाहरुले स्वास्थ्य जाँच ४ पटक गरेको लगायतका सूचकहरु पूरा भएपछि गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बलामीले बताए ।
थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको सभाध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा मकवानपुर प्रतिनिधिसभा सदस्य महेश बर्तौला,बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगर,मकवानपुर प्रदेश सांसद कुमारी मोक्तान,जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित घलान,थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक डाक्टर नरेन्द्र कुमार झाको बिशिस्ट आतिथ्यता तथा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान,बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने,इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी,जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजार,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी,नेकपा एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,माओवादी केन्द्र नगर सदस्य निरज रायमाझी,राप्रपा नगर अध्यक्ष कुलमान तामाङ लगायतको आतिथ्यता रहेको थियो।
घोषणा कार्यक्रम विभिन्न सांस्कृतिक झाकीहरुको प्रदर्शन गरिएको थियो भने पुर्ण संस्थागत सुत्केरी घोषणा कार्यक्रमलाई सफल तुल्याउन भुमिका खेलेको भन्दै स्वास्थ्य केन्द्रहरुलाइ सम्मान गरिएको थियो।कार्यक्रममा थाहाका वडा अध्यक्षहरु,स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेवीका हरुको उपस्थिति रहेको थियो।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan