थाहा नगरपालिकामा नविकरण गरिएका सामुदायिक बनको लागि सहजीकरण कार्यक्रम सम्पन्न

मकवानपुरको थाहा नगरपालिकामा वर्ष २०२३/०२४ अन्तर्गत नविकरण गरिएका सामुदायिक बन कार्ययोजनालाई थप प्रभावकारी बनाउने उद्देश्यले एक दिवसीय सहयोग तथा सहजीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको आयोजना सामुदायिक बन उपभोक्ता महासंघ नेपाल, जिल्ला कार्य समिति मकवानपुरले गरेको हो। कार्यक्रममा थाहा नगरपालिकामा रहेका १५ वटा सामुदायिक बनका पदाधिकारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
महासंघका जिल्ला अध्यक्ष सादुराम चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष बलराम अधिकारी, सचिवालय सदस्य शम्भु न्यौपाने, फेकोफनका कर्मचारी सन्ध्या सिवाकोटी,झम्केश्वरी सव डिभिजनका सागर जोशी,भुपेन्द्र ओली,स्थानीय बन उपभोक्ता महासंघ थाहा फेकोफनका अध्यक्ष गणेशमान श्रेष्ठ, सचिव भवानी प्रधान, थाहा नगरपालिकाका वन तथा वातावरण समितिका संयोजक हिरेन्द्र कुमार रायमाझी, सामाजिक विकास अधिकृत अनिल लामिछाने लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नविकरण भएका कार्ययोजनाको प्रभावकारी कार्यान्वयन, संस्थागत समन्वय, वन स्रोतको संरक्षण तथा दीगो उपयोगका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले वनको दीगो व्यवस्थापनमा सामुदायिक सहभागिता अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।
सहजीकरण कार्यक्रममा प्रस्तुत गरिएका सुझाबहरू आगामी योजनामा समेटिने आयोजकहरूले जनाएका छन्। कार्यक्रम सामुदायिक वनको स्थायित्व र पारदर्शितातर्फ महत्वपूर्ण कदमको रूपमा लिइएको स्थानीय महासंघका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिनुभयो।

1753268304497-1753268317.jpg
केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.