
थाहा नगरपालिकाको वडा न ७ ‘पूर्ण संस्थागत सुत्केरी वडा’ घोषणा भएको छ ।
उक्त वडामा तीन आर्थिक बर्ष यता सबै महिला स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी भएको पाइएपछि ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा गरिएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिनुभयो ।
अध्ययन प्रतिवेदनअनुसार ‘जिरो होम डेलिभरी’ वडा भएको पाइएपछि बुधवार उक्त घोषणा गरी वडालाई प्रमाणपत्र हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
असार ३२ गते बुधबार वडाको देउखेल सहरी स्वास्थ्य केन्द्रमा आयोजित एक समारोहका बिच नगर प्रमुख बिष्णु बिष्टले वडालाइ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन।
थाहा नगरपालिकाका प्रमुख बिष्टले थाहाका स्वास्थ्य संस्थाको स्तरोन्नतितर्फ आफू लागेको बताउदै यस कार्यमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका हरु धन्यवादका पात्र रहेको उल्लेख गरे।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रशाशक कृष्ण मिजारले शुभकामना दिदै अब पूर्ण सुरक्षित मातृत्व जिल्ला घोषणाका लागि सबै स्थानीय तह र स्वास्थ्य संस्थाहरु लाग्नुपर्ने बताउदै , यस्ता सन्देश जिल्लाको वडावडामा पुग्नुपर्ने उहाँको भनाइ थियो ।
अब वडा न ७ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा भए पश्चात् नगरपालिकालाई नै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने बाटो खुलेकोको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए।
कार्यविधिअनुसार ९८ प्रतिशत गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी भएको, सरकारको मापदण्डअनुसार ९० प्रतिशतले गर्भवती टिडी खोप लगाएको, आइरन चक्की- जुकाको औषधि खाएको, नियमित रूपमा गर्भ जाँच गराएको लगायत मापदण्डअनुसार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने गरिएको गिरीको भनाइ छ।
पूर्ण सुरक्षित मातृत्व घोषणा गर्न सबै गर्भवती र सुरत्केरीले विभिन्न नौ वटा सेवा पाएको हुनुपर्छ । बच्चा गर्भमा रहेको बेला चार पटक जाँच भएको, आइरन चक्की खाएको, टिटानस विरुद्धको खोप लगाएको, अस्पतालमा सुत्केरी भएको, जन्मेपछि नाभी मलम लगाएको लगायत सेवा पाएको हुनुपर्छ।
सरकारले सन् २०३० सम्म अस्पतालमै सुत्केरी गराउनेको संख्या ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।
यस अघि थाहा नगरपालिकाको ११ वटा वडा पुर्ण सुत्केरी वडा घोषणा भैसकेको छ भने वडा न ७ भएपछि नगरको सबै वडा पुर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको थाहा नगर स्वास्थ्य शाखाले जनाएको छ।
वडा न ७ का वडा अध्यक्ष समेत रहेका देउखेल सहरी स्वास्थ्य केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष शिवराज थिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगर भित्र रहेका स्वास्थ्य संस्थाका प्रमुख हरु,प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर डाक्टर जोनसन बिक,सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बिष्णु वाइवा,थाहा नगरपालिका आर्थिक बिकास समिती संयोजक हिरेन्द्र कुमार रायमाझी लगायत स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका पदाधिकारी,जनप्रतिनिधि हरु महिला स्वयंसेविका,स्वास्थ्यकर्मी,लगायतका उपस्थिति रहेको थियो।
कार्यक्रममा वडा लाई पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न खटिएका स्वास्थ्यकर्मी देउखेल सहरी स्वास्थ्य केन्द्रका अनमी नानीमाया थिङ र महिला स्वास्थ्य स्वयंसेविका हरुलाई सम्मानित गरिएको थियो।
स्वास्थ्य केन्द्रका प्रमुख नेमराज थिङले संचालन गरेको कार्यक्रमलाई स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका सदस्य सचिव चन्द्र बहादुर थिङले स्वागत गरेका थिए।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan