
थाहा नगरपालिका वडा नं. १ कुन्छाल क्षेत्रमा ६ चक्के सवारी साधनको आवागमन पूर्ण रुपमा रोक लगाइएको छ। असार १२ गते कुन्छाल गाउँमा आयोजित भेलाको निर्णय अनुसार यो नियम लागु गरिएको हो।
स्थानीय सडकहरू भीडभाडयुक्त र साँघुरा भएका कारण जनताको सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको वडा कार्यालयले जनाएको छ। कुन्छालको पोखरी डाडा देखि दुप्चे बजार सडक खण्ड अन्तर्गत दुप्चे बजारदेखि गणेश मन्दिरसम्मको सडक जोखिमयुक्त रहेकोले उक्त सडक खण्डमा ६ चक्के सवारी चलाउन पुर्ण रुपमा निषेध गरिएको वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
वडा अध्यक्ष हेरमान गोपालीद्वारा हस्ताक्षरित सूचनामा उल्लिखित निर्णयअनुसार उक्त खण्डमा कुन्छाल–कुलेखानी सडक प्रयोग गर्न सवारी चालक तथा सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।हेर्नुस सूचना :-





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan