बाख्रापालनमा मागअनुसारको तालिम थाहामा सम्पन्न, २३ कृषकको सहभागिता

मकवानपुर – थाहा नगरपालिका–३ स्थित विकास घरमा तीन दिने स्थलगत मागमा आधारित कृषक स्तर बाख्रापालन तालिम सम्पन्न भएको छ। तालिम बागमती प्रदेश पशु सेवा तालिम केन्द्र, लगनखेलको आयोजनामा सम्पन्न भएको हो।

तालिमको समापन समारोहमा आर्थिक विकास समिति संयोजक हिरेन्द्र रायमाझी प्रमुख अतिथि रहेका थिए। तालिममा केन्द्रकी वरिष्ठ तालिम अधिकृत सजिता ग्यावली, तालिम अधिकृत झम्क भण्डारी, तथा थाहा नगरपालिका पशु शाखाका प्रमुख डा. निकाश ब्लोनको विशेष उपस्थिति रहेको थियो।

तीन दिन सम्म चलेको तालिमलाइ तालिम अधिकृत झम्क भण्डारी,थाहा नगरपालिकाका पशु शाखा प्रमुख डाक्टर निकाश ब्लोन,पशु प्राविधिक रुपेश मिश्रले तालिममा सहजीकरणको भूमिका निर्वाह गरेका थिए। तालिममा थाहा नगर क्षेत्रका २३ जना कृषकहरू सहभागी भएका थिए।

उक्त तालिमले कृषकहरूलाई व्यावसायिक बाख्रापालनका सीप, स्याहार–सुसार, खोप व्यवस्थापन, आहार, आवास तथा रोग–निदानका बारेमा व्यवहारिक ज्ञान दिएको आयोजक पक्षले जनाएको छ। सहभागी कृषकहरूले तालिम उपयोगी भएको प्रतिक्रिया दिएका छन्।
तालिम पश्चात् सहभागी हरुलाइ प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.