
मकवानपुर, २४ कात्तिक । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भब्य स्वागत गरिएको छ ।
आज शनिबार थाहा नगरपालिकाको पालुङ आएका प्रचण्डको थाहानगर प्रबेश स्थल थाहा ९ चित्लाङमा पन्चकन्या सहित पार्टीका नेता कार्यकर्ताले भब्य स्वागत गरेका हुन् ।
त्यस्तै थाहा १० बिसिङखेल र थाहा ६ बज्रबाराहीमा स्थानीयले विशेष स्वागत गरेका छन्

प्रचण्ड नेकपा माओबादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलन उद्घाटन गर्न प्रचण्ड आज पालुङ आएका हुन् । उनले पालुङको ईन्द्रायणीचौरमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रचण्डले पूर्व जनमुक्ति सेना, जनयुद्धका घाईते अपांग र शहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan