भाइटीका आज: उत्तम साइत बिहान ११ः३७ बजे

मकवानपुर, १८ कात्तिक । तिहार पर्वको अन्तिम दिन भाईटीका आईतबार दिदीबहिनीले दाजुभाइलाई टीकालागाएर मनाउँदैछन । यस वर्ष भाइटीकाको साइत आइतबार बिहान ११ः३७ बजे परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको जानकारी दिएको हो ।

समितिका अनुसार पश्चिम मोहडा गरेर भाइटीका लगाउँदा उत्तम हुनेछ। नेवार समुदायले मनाउने किजापूजा पनि आईतवार नै गर्नुपर्ने जनाइएको छ ।

नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरु भएको थियो । कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा कात्तिक १५ गते बिहीबार मनाइएको थियो । कात्तिक १६ गते शुक्रबार औँशी परेको थियो ।

शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्ह:पूजा गरिएको छ भने नेपाल संवत् ११४५ पनि शनिवारदेखि प्रारम्भ भएको छ । यसबर्ष छाठ पर्व कात्तिक २२ गते बिहीबार परेको छ

भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउने प्रचलन छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.