
माघ २३,
हेटौंडा उपमहानगरपालिका १३ नं वडा पदमपोखरीको लोकतान्त्रिक चोकमा प्रथम सांस्कृतिक महोत्सव कार्यक्रम हुने भएको छ ।
आज बुधबार महोत्सवका मुल समारोह समितिले प्रत्रकार सम्मेलन मार्फत आगामी फाल्गुन ४,५ र ६ गते तिन दिन प्रथम महोत्सव हुने सम्बन्धमा जानकारी गराएको हो ।
“संस्कारसंस्कृति, साहित्य र कलाको जगेर्ना गरौं, स्थानीय व्यापार, कृषि उपज उत्पादनलाई प्रवर्द्धन गरौं” भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको महोत्सव समारोह समितिका संयोजक रञ्जु गोम्जाले बताउनु भएको छ । पदमपोखरीको पहिचानको निमित्त र आन्तरिक पर्यटनलाई टेवा पुर्याउने कार्यक्रमको उद्देश्य रहेको समेत उहाँले बताउनु भएको छ ।
महोत्सवले उत्पादन र बजारीकरणको अवधाराणाको
विकास, स्थानिय व्यापार, कृषि उपज उत्पादनलाई
प्रवर्धन गर्न र वडावासीको आर्थिक स्थितिलाई माथि उठाउन सहयोग गर्ने वडा अध्यक्ष पेम्बा लामाले बताउनु भयो । महोत्सवमा स्थानिय परम्परागत उपभोग्य कृषि उपज सामाग्रि आधुनिक सिपमा विभिन्न सामान उत्पादन, बांस जन्य सामाग्रि, खानाका विभिन्न परिकारहरुका ८० वटा स्टलहरु रहने र यस वडा भित्रका २६ वटा टोल विकास समितिलाई स्थानिय उत्पादन भएका सामग्रीलाई बजारीकरणको निमित्त २६ वटा स्टल निःशुल्क दिइने र मदिराजन्य पदार्थको बिशेष रोक रहने समेत बताएका छन ।
यस्तै नेपालि राष्ट्रिय मौलिकतालाई झल्कने गरी राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने महोत्सव समारोह समितिका कलाकार संयोजक धिरेन लोप्चनले जानकारी दिनु भयो । कलाकारहरु टिका बोम्जन, प्रकाश तितुङ, पृति आले, साम्तेन मोक्तान, रोज मोक्तान, धिरेन लोप्चन, विक्रम लुङ्वा, केसर सिं मोक्तान, लगायतले सांगितिक प्रस्तुति दिने र अन्य स्थानिय ब्यान्ड, कलाकारहरुको संस्कृति र मौलिकता झल्कने खाल्का नृत्य प्रस्तुत गरिने बताईएको छ । यसै गरी महोत्सव सम्पन्न गर्नको निमित्त १० लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले गरेको बताए । यस महोत्सवमा हेटौंडा उपमहानगरपालिकाको १९ वटा नै वडाबाट महोत्सव अवलोकन गर्ने आउने समेत जनाएको छ ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan