
सिमभन्ज्याङ बाट झरेको ४ जना फरार कैदी धारापानीमा प्रहरी द्वारा पक्राउ
मकवानपुर, भदौ २६ – जेनजी आन्दोलनको क्रममा भिमफेदी कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।
थाहा नगरपालिका–९ का २२ वर्षीय राज बलामी (चोरी मुद्दा), चन्द्रागिरी नगरपालिका–८ का ३० वर्षीय अरबिन्द खरेल (लागुऔषध मुद्दा), सुनसरी बराहक्षेत्र नगरपालिका–७ का ४३ वर्षीय दामोदर लुइँटेल (लागुऔषध मुद्दा) र नुवाकोट दुप्चेश्वर नगरपालिका–७ का ३१ वर्षीय सन्तोष भुसाल (लागुऔषध मुद्दा) पक्राउ परेका हुन् ।
उनीहरू शिखरकोट धारापानी क्षेत्रमा सिमभन्ज्याङबाट स्कारपियोमा लिफ्ट मागी झरेको भन्ने विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । पक्राउ परेका कैदीबन्दीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भिमफेदी कारागारमा पठाइएको छ ।
यसअघि हिजो पनि फरारमध्ये केहीलाई पक्राउ गरी कारागार पठाइएको प्रहरीले जनाएको छ । यससँगै हालसम्म ७ जना कैदीबन्दी पुनः कारागार पठाइएका छन् ।
इलाका प्रहरी कार्यालय पालुङले फरार कैदीबन्दीहरूबारे अझै खोजी कार्य भइरहेको जनाउँदै, कतै संकास्पद व्यक्ति देखिए वा भेटिए तत्काल इलाका प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan